खबर लुम्बिनी मल्टिमिडिया प्रालिद्धारा सञ्चालित बुटवल खोज डट कम

बुटवलमा प्रदेश स्तरिय बिज्ञान तथा स्टेम प्रर्दशनी

बुटवलमा प्रदेश स्तरिय बिज्ञान तथा स्टेम प्रर्दशनी

बुटवल । बुटवलमा लुम्बिनी प्रदेश स्तरिय बिज्ञान तथा स्टेम प्रर्दशनी प्रतियोगिता सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा समाजिक विकास निर्देशनालयको आयोजनामा आईतबार नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा प्रदेशका १२ जिल्लाका विद्यालयको उपस्थितीमा बिज्ञान तथा स्टेम प्रतियोगिताको आयोजना गरिएको हो ।

विद्यार्थीले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको ज्ञान प्रयोग गरेर आविष्कार तथा समस्या समाधान गर्ने क्षमता प्रदर्शन गरेका छन । स्टेम प्रतियोगिता तर्फ नवीन औद्योगिक कदर बहादुर रिता मावि बुटवल प्रथम भएको छ ।

यस्तै जनसेवा मावि सुनवल दोश्रो , जगनाथ मावि नवलपरासी तेश्रो र जनता मावि तानसेन पाल्पा सान्त्वना भएका छन । यस्तै बिज्ञान प्रर्दशनी प्रतियोगितामा दमकडा मावि पाल्पा प्रथम, जनता मावि बाग्दुला द्धितिय , बंगलामुखी राधाकृष्ण थारु मावि बर्दिया तृतिय र अक्सफोर्ड मावि बुटवल सान्त्वना भएका छन ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिब दिवाकर भण्डारीले बिजेता विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नको लागि बिज्ञान तथा स्टेम प्रतियोगिता सञ्चालन गरिएको बताउनु भयो ।

विद्यार्थीले प्रतियोगितामा आफ्नो क्षमता,कला,प्रतिभा प्रस्तुत गरेको बताउँदै उहाँले आफ्नो सिर्जृनशिलतालाई निरन्तरता दिनको लागि आग्रह गर्नुभयो ।

शिक्षा तथा समाजिक विकास निर्देशनालयका निमिक्त महानिर्देशक हरिलाल अर्यालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जिल्ला स्तरिय प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय स्थान हासिल गरेका विद्यालयका बिचमा प्रदेश स्तरिय प्रतियोगिता सञ्चालन गरिएको हो ।