बुटवल । रुपन्देहीमा बाईकबाट सुन लुट्ने, धारिलो हतियार प्रहार गर्ने र चोरीका मोटरसाइकल बिक्री गर्ने समूह प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त सक्रियतामा तीन फरक घटनामा संलग्न ९ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ३ व्यक्तिहरूले बिहान मर्निङ वाकमा निस्किएका सर्वसाधारणलाई लक्षित गरी सुन लुट्ने र एक जना सुन किन्ने ब्यक्ति पक्राउ परेका छन । त्यस्तै बुटवलस्थित द कन्सेप्ट क्लब अगाडि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । यस्तै अर्को समूह भारतबाट चोरीका मोटरसाइकल नेपाल ल्याएर नक्कली बिलबुक र नम्बर प्लेट तयार गरी बिक्री गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
असार १७ गते विहान बुटवलको कालिकानगर स्थितमा रहेको द कन्सेप्ट क्लब अगाडी सडकमा दुई युवालाई एक्कासी धारिलो हतियार चक्कु हेलमेट प्रहार गरी सख्त घाईते बनाई फरार रहेकालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिकावा.११ बुद्धनगर बस्ने वर्ष २९ को आचे भन्ने सुमित गुरुडलाईदाङ तुलसीपुर उ.म.न.पा. वडा नं. १९ बिजौरीमा लुकिछुपि बसेको अवस्थामा फेला पारि ज्यान मार्ने उद्योग मुद्धामा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।
यस्तै भारतबाट चोरीका मोटरसाईकल नेपाल ल्याई नेपाली नम्बर प्लेट राखी तथा नक्कली सवारी दर्ता किताब तयार गरी विभिन्न व्यक्तिहरुलाई बिक्री गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका वडा नं.८ घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं.११ बस्ने वर्ष २९ को अशोक सारु, बुटवल उपमहानगरपालिका वडा न. १५ बस्ने वर्ष १९ को सरोज उपाध्याय, बुटवल उपमहानगरपालिका वडा न १३ बस्ने वर्ष ३६ को महेन्द्र गुरुङ र बुटवल उपमहानगरपालिका वडा न ११ बस्ने बर्ष २७ को विकाश केसी रहेका छन् । भारतबाट चोरीका मोटरसाईकल नेपाल ल्याई नेपाली नम्बर प्लेट राखी तथा नक्कली सवारी दर्ता किताब तयार गरी विभिन्न व्यक्तिहरुलाई बिक्री गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल तथा मातहतबाट खटिएको प्रहरी टोलीले प्रतिवादीहरुको घर खानतलासी गर्दा ६ थान मोटरसाइकल,३ थान स्कुटर,एक थान ल्यापटप र १ थान रगित प्रिन्टर बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख जनक बहादुर साहीले जानकारी दिनु भयो ।
यस्तै मोटरसाईकलबाट सुनका गरगहना चोरी गरी गरिद बिक्रि गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपुर बस्ने वर्ष ३२ को राहुल जयसवाल,भारत उत्तर प्रदेश महाराजगंज बस्ने बर्ष २२ को प्रिन्स जयसवाल,भारत बिहार प्रदेश बाल्मिकीनगर बस्ने बर्ष २८ को नितेश कुमार गुप्ता र –चोरी सुनका गरगहनाहरु किन्ने) जिल्ला रुपन्देही सिद्धार्थनगर न.पा.वडा नं.५ बस्ने बर्ष ३२ को प्रदिप कान्दु बानिया रहेका छन् ।
उनिहरुको साथबाट प्रहरीले मोटरसाईकल र सुनको सिक्री थान–२ समेत बरामद गरेको छ । घटनामा संलग्न केही अभियुक्तहरु फरार रहेकोले उनिहरुको खोजतलास भइरहेको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले बताए । प्रहरीका अनुसार पक्राउ परेका अधिकांस अभियुक्तहरु यसअघि बिभिन्न अपराधमा सजाय भुक्तान गरेका ब्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख शाहीले जानकारी दिनु भयो ।
रुपन्देहीका प्रमुखसाही र इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी श्रीवास्तबका अनुसार पछिल्लो ६ महिनामा रुपन्देहीमा दर्ता भएका सबै फौजदारी मुद्धाहरुको अनुसन्धान भई कानून बमोजिम कारबाही प्रक्रिया अघि बढेको छ ।